प्रेमको टुकी बालिहेर मलाई नै पाउछ्यौ तिमी
दिलको नफ्रत फालिहेर मलाई नै पाउछ्यौ तिमी
 
कदाचित त झस्काउला मेरो यादले तिमीलाई
मनमा माया पालिहेर मलाई नै पाउछ्यौ तिमी
 
मेरो तस्वीर च्यातेकी थ्यौ कुनै बेला तिमीले
टुक्रा टुक्री टालिहेर मलाई नै पाउछ्यौ तिमी
 
सम्झनाका नजरले मलाई मात्र हेरिरहू
मलाई मात्र खालि हेर मलाई नै पाउछ्यौ तिमी
 
तिम्रो दिलको कुनामा बसेको छु कि छैन म
मौनबत्ती बालिहेर मलाई नै पाउछ्यौ तिमी